सल्यान/ सल्यान पश्चिम क्षेत्रको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ राउँचेको लाटुगैरेमा रहेको नेपाल टेलिकम नमस्तेको टावर अवरुद्ध भएको छ ।
६ महिना अघि फाल्गुनमा मात्र सन्चालनमा आएको टावर शुक्रवारदेखि अवरुद्ध हुँदा बनगाड कुपिण्डेको वडा नं. १, ४, ५, ६ र सिद्धकुमाख गाउँपालिकाको केहि भागमा र छिमेकी जिल्ला सुर्खेतको सिम्ता गाउँपालिकाको केही भागमा सन्चार सेवा अवरुद्ध भएको छ ।
सञ्चार अवरुद्ध हुदा त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट बन्चित भएका छन् ।
नेपालगन्ज बाँके नेपाल टेलिकमले कार्यालयले भने खराबी आएको र त्यसको समस्या समाधान गर्ने सुर्खेत टेलिकमलाई निर्देशन दिएको प्राविधिक शिव खनालले जानकारी दिए ।
प्रकाशित मिति : २०७५ भदौ १२ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्