कोहलपुर/ प्रदेशकी नम्बर ५ की कृषि, भूमि व्यवस्था तथा सहकाकारी मन्त्री आरती पौडेललाई पितृशोक परेको छ ।
स्वास्थ्य समस्याका कारण उपचाका लागि भारतको लखनउ पुर्याईएका मन्त्री पौडेलका पिता बाबुराम पौडेलको उपचारका क्रममा मृत्यु भएको हो ।
उपचारकै क्रममा आइतबार राती ११ बजे पौडेलको मृत्यु भएको परिवार स्रोतले जनाएको छ । स्वर्गीय पौडेलको पार्थिव शरिरिलाई करिब डेढ बजे उनको घर चपरगौडी ल्याईपु¥याइएको थियो ।
पौडललाई श्रद्धाञ्जली दिन खजुरा गाउँपलिका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष एकमाया बि.क कोहलपुर नगरपालिकाका जनप्रतिनिधि विभिन्न राजनितिकदलका प्रतिनिधि समाजसेवी बुद्धिजिवि सर्वसाधारण लागायतले अगैया पुगेका थिए ।
पौडेलको सोमबार नै अगैया स्थित राप्ती नदीघाटमा अन्त्योष्टि गरिएको छ ।
प्रकाशित मिति : २०७५ भदौ १२ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्