1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

ईन्स्पाईरिङ्ग युथको १०० श्रृखला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ ९, २०७५  

नेपालगन्ज/  बासको युवा लक्षित कार्यक्रम ईन्स्पाईरिङ्ग युथले आफ्नो १००औँ श्रृखला पुरा गरेको छ । युएनडिपीको सहकार्यमा बास नेपालगन्जले १००औं श्रृखलाको अवसरमा शनिबार नेपालगन्जमा युवाहरुको प्रतिभा प्रस्तुती कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमअन्तर्गत बाँके जिल्लाका युवा कलाकारहरु पूर्ण थापा, श्रृष्टी शाही, करण शाह, महेन्द्र सेडाई लगायतका कलाकारहरुले आफ्नो जीवनको अनुभव र कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपालको चर्चीत डान्स श्रृखला भुगिभुगिमा नृत्य प्रस्तुत गरेका करण शाह र नृत्यको माध्यमबाट आफ्नो पहिचान स्थापित गरेकी श्रृष्टी शाहीले कार्यक्रमका बिच नृत्य प्रस्तुत गर्दा कार्यक्रममा सहभागीहरु छमछमी नाचेका थिए । उता चर्चीत गायक पूर्ण थापा र महेन्द्र सेडाईले गितको माध्यमबाट सहभागीहरुमा उत्साह थपेका थिए ।

नेपाली राष्ट्रिय गानबाट उद्घाटन गरिएको १००औं श्रखलामा विभिन्न व्यक्तिहरुले तयार पारेको मौलिक उत्प्रेरक भनाइहरु र विभिन्न बैज्ञानिकहरुका प्रेरक १०० भनाइहरुलाई समावेस गरेर तयार पारिएको फ्ल्याक्स अतिथिहरुले बाचन गरेर सार्वजनिक गरेका थिए । भने कार्यक्रममा जनचेतनामूलक नाटक र सन्देशमूलक गजल र मुक्तक प्रस्तुत गरिएका थिए ।

सोही अवसरमा बासको ९८ श्रृखलाको प्रतिभा प्रस्तुती कार्यक्रममा उत्कृष्ट हुन सफल सनम शाही र ९९ औं श्रृखलामा सम्पन्न वादविवाद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल सन्तोस शाही, करिष्मा जोशी र सुमन सिंह ठाकुरलाई प्रमाण पत्र, मेडल र पुरस्कार कार्यक्रमका अतिथिहरुले प्रदान गरेका थिए ।

उता ईन्स्पाईरिङ्ग युथ कार्यक्रम सञ्चालन भएदेखि हालसम्म नियमित रुपमा सबैभन्दा बढी उपस्थित हुने जनक थापा, बिनोद श्रेष्ठ र महेन्द्र सेडाईलाई प्रशंसा पत्रप्रदान गरिएको थियो ।

प्रकाशित मितिः शनिबार, भदौ ९, २०७५     10:17:02 PM  |