29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

१५ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ६, २०७५  

कोहलपुर/  बाँकेको कोहलपुर–११ स्थित गोरखनाथ ट्रेनिङ सेन्टरको आयोजनामा १५ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । तालिमको मंगलबार एक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको हो ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी तथा वरिष्ठ सञ्चारकर्मी कमल बिके निर्मोहीले उद्घोषण कला मानिस जीवनको अपरिहार्य कला भएको हुँदा हरेक मानिसको बोलिमा मिठासपन हुनुपर्ने बताए । सञ्चार माध्यममा काम गर्न मात्र नभएर हरेक पलमा सही उद्घोषणको आवश्यक पर्ने बताए ।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार विष्णु प्रसाद बेल्वासेले गोरखनाथ ट्रेनिङ सेन्टरले सञ्चालन गरेका उद्घोषण तथा पत्रकारिता तालिमले सहभागीहरुको व्यक्तित्व विकासमा सहयोग पु¥याउने बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर कमिटिको समन्वयमा गरिएको १५ दिने तालिममा वरिष्ठ सञ्चारकर्मी कमल बिक निर्मोही, नमस्कार शाह, विष्णु वेल्वासे लगायतले सहजीकरण गर्ने आयोजक संस्थाले जनाएको छ ।

तालिमको उद्घाटन सत्र नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर कमिटि अशोका के.सी सचिव चिन्तामणी उपाध्याय, पतञ्जली योग समिति प्रदेश नं ५ की सदस्य सिता पौडेल, वैभव लक्ष्मी सहकारी संस्थाकी अध्यक्ष सुभद्रा शर्मा, नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर कमिटिका कोषाध्यक्ष गोपाल खनाल, सदस्य लोकेन्द्र पुन लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम टे«निङ सेन्टरकी प्रमुख मधु खड्काको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सन्ध्या मल्लले संचालन गरेकी थिइन् ।

प्रकाशित मितिः बुधबार, भदौ ६, २०७५     7:44:37 AM  |