एयर गनसहित एक जना पक्राउ



नेपालगन्ज/  नेपाल–भारत सीमानाका जमुनाहाबाट हतियारसहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका–९ बस्ने २१ वर्षीय अमृत विक रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक थान एयर गन र सोको ३४ राउण्ड गोलीसहित विकलाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित जमुनाहा नाकाबाट एयर गनसहित विकलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

जाँचका क्रममा विकको साथबाट हतियार बरामद भएको प्रहरी उपरीक्षक पौडेलले बताए । यस्तै जाजरकोट भेरी नगरपालिका–९ कै १६ वर्षीय दीपक विकको साथबाट पनि प्रहरीले फलामको साङ्लो बरामद गरेको छ ।

उनीहरु दुवैलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । रासस

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ ४ गते सोमबार