11 September 2024  |   बुधबार, भदौ २६, २०८१

सामाजिक लेखा परीक्षण सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ ४, २०७५  

कोहलपुर/  बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित सामाजिक विकास मञ्चले नेपालको कृषि क्षेत्रको व्यापार विस्तारको लागि उन्नत प्रविधिमा पँहुच(इन्वाइटा) परियोजनाको सामाजिक लेखा परीक्षण आइतबार सम्पन्न गरेको छ ।

सामाजिक परीक्षण कार्यक्रममा स्वागत मन्तव्य राख्दै मञ्चका कोषाध्यक्ष खगेन्द्र थापाले कार्यक्रमको स्वरुपबारे प्रष्ट पारेका थिए ।

सामाजिक परीक्षण कार्यक्रमको सहजीकरण गर्दै परियोजना संयोजक गंगा राईले परियोजनाले कृषि उत्पादन र बजारीकरणका विषयमा जानकारी दिँदै परियोजना ८ जिल्लामा लागू भएको र बाँके जिल्लाका बैजनाथ, खजुरा, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा लागू गरिएको बताइन् ।

उनले बाँकेका ४ वटा गाउँपालिकामा गरी ८० वटा समुहहरुमा कार्यक्रम सञ्चालन गरिएको बताइन् । युएसआइडी भारतको सहयोगमा सञ्चालित सो परियोजनाले कृषि क्षेत्रको साना सिचाईमा सहयोगमा पु¥याउने काम गरेको थियो ।

कार्यक्रममा परियोजनको बजेट तथा खर्चका विषयमा जानकारी गराइएको थियो । बैजनाथ गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रुप बहादुर मल्लको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बैजनाथ कषि शााखाकी प्रतिनिधि विष्णुमाया मल्ल, खजुरा गाउँपालिकाका प्रतिनिधि राधिका पौडेल, नेकपाकी पार्टी प्रतिनिधि मान कुमारी चन्द, नेपाली काँग्रेसका प्रतिनिधि नन्दविर शाही, समाजसेवी नैन बहादुर शाही, मेलमिलापकर्ता सर्वराज खत्री, कार्यक्रम संयोजक जितराम चौधरी विभिन्न समुहका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः सोमवार, भदौ ४, २०७५     8:28:04 AM  |