इन्द्र बहादुर बुढाथोकी : सल्यान,३ भदौ/ सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा नं.६ भलाखर्कको गैरागाउँ पहिरोको जोखिमा परेको छ । घरदेखि माथिको खालीपाखा जंगलको भागमा ५० मिटर चौडा जमिन चिरा परेको छ । जमिन चिरा पर्नुको साथै शुक्रबार परेको अविरल वर्षाले ठाउँ ठाउँमा जमिन भासिएको छ । गैरागाउँका एक दर्जन स्थानीयका घर जोखिममा परेका छन् ।
उक्त स्थानका अम्मर बाग्री, इन्द्र वहादुर बाग्री, रत्न वहादुर पुन, भिम वहादुर बाग्री लगायतका ११ वटा घरका स्थानीय रात भर घर छाडेर स्थानीयको घरमा सुत्न जाने गरेका छन् । वडा ५ को देव बहादुर विष्टको घर समेतमा पहिरो उच्च जोखिममा परेको छ ।
यस्तै अविरल वर्षाका कारण वडा नं. २ राइराको तल्लो बगरमा नगरपालिकाबाट आर्थिक वर्षको २०७४÷०७५ को बजेटबाट रु २ लाख ५० हजारको ४० ओटा तटबन्ध लगाइएको तारजाली बगाउनुको साथै खेतबारीमा लगाइएको बदाम, मास, तिल सहित दल बहादुर बिष्ट, राम बहादुर बिष्ट, बुद्धे बिष्ट, लगायतका किसानको खेतबारी भेरी नदिले पुर्नुको साथै कटान गरेर लगेको किसान दल बहादुर बिष्टले जानकारी दिए ।
वर्षौ देखि विभिन्न सरकरी तथा विभिन्न संघ सस्थालाइ गुहार्दा पनि तारजाली नपाएको र यो वर्ष बल्तल्ल जनप्रतिनिधि आएको बेला खेतमा लगाउने जाली पाएको त्यही पनि भेरी नदिले बगाएर लगिदियो अब फेरि के गर्ने अनि कहाँ माग्ने जाने होला भन्दौ अर्का किसान बुद्धे बिष्टले दुखेसो व्यक्त गरे ।
साथै बनगाड कुपिण्डे नगरपालिका वडा नं. २ भर्सिलको कल्याणमा दलबिर बुढा र धन बहादुर रानाको बाढीले २ रोपनी खेतमा लगाएको धान पुर्नुको साथै खेतमा भेरी नदि बग्ने गरेको दलबिर बुढाले बताए । अझै वर्षा बढेमा आफ्नो घरमा नै बाढी पस्ने सम्भावना रहेको बुढाले बताएका छन् । वर्षाको समयमा लगाएको खेत सहित धान बाढिले बगाउँदा अब आफुहरुको परिवारमा भोकमरी पर्ने भन्दै दुख व्यक्त गरे ।
त्यसै गरी बन्गाड खोलामा आएको बाढीका कारण छिन्चु जाजरकोट सडक खण्ड र सल्ली रुकुम चौहरजारी सडकमा चल्ने सवारी साधान ठप्प रहेका छन् । शनिबार भेरी नदिमा रहेको फेरी पनि भेरीले बगाएको छ । भेरीमा बाढि आएपछि फेरीका फलामे लहरा चुडेपछि फेरी बगेको हो ।
विहान १० बजेतिर फेरी सो बगाएको स्थानीयको भनाई छ । भेरीले फेरी बगाएपछि सुर्खेतको ठिग्नी जोडने झोलुङ्गे पुलमा अल्झिए पछि उक्त झोलुङ्गे पुलका सर्पोटिङ्ग ४ वटा लहरा चुडाएको छ । पुलका सपोटिङ्ग ४ वटा लहरा चुडाए पछि उक्त पुल समेत जोखिम परेको छ ।
भेरी नदिको वाहवले पुलका सबै लहरा छोएको छ भने पुल नजिक नजिक पानीको सतहले छुन थालेको छ । उक्त क्षेत्रमा भेरी नदिसँगै सटेका कारण खेतीयोग्य जमिन भएका कारण सधैको वर्ष झैँ यस वर्ष पनि बाली पुरिएको छ ।









प्रतिक्रिया दिनुहोस्