नेपालगन्ज/ नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसायीहरुलाई व्यवसायिक कर तथा लेखासम्वन्धी प्रशिक्षण दिइएको छ ।
नेपाल इलेक्ट्रोनिक्स एशोसियन, नेपाल मोबाईल वितरक संघको आयोजना र आन्तरिक राजश्व कार्यालय नेपालगन्जको सजीकरणमा उनीहरुलाई बिहिवार प्रशिक्षण दिइएको हो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले कर तथा लेखा शिक्षाका विषयमा जानकार नहुँदा व्यवसायिक काममा निकै समस्या हुने गरेको बताए । उनले कर शिक्षाको अभावमा व्यवसाय नै तल माथिसम्म हुनसक्ने बताभन्दै त्यसका लागि सुरु गरिएको कर शिक्षा अभियान सकारात्मक भएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले करका विषयमा प्राप्त जानकारी पाएर व्यवसाय गर्दा आफ्नो व्यवसायमा सहजता आउने बताए ।
आयोजक नेपालगन्ज इलेक्ट्रोनिक्स व्यवसायी एशोसियसनका अध्यक्ष चिरञ्जीवी ओलीले व्यवसायीहरुलाई करका बिषयमा जानकारी गराई व्यवसायिक जीवन सरल र सहज बनाउनका लागि कार्यक्रम सुरु गरिएको जानकारी दिए ।
उक्त कार्यक्रममा आन्तरिक राजश्व कार्यालय नेपालगन्जका कर अधिकृत लक्ष्मण श्रेष्ठ, वाणिज्य कार्यालयका कृष्ण पौडेल लगायतले प्रशिक्षण दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्