सल्यान/ सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ झ्याममा रहेको नमस्तेको टावरमा खराबी हँदा त्यस क्षेत्रका नागरिक टेलीफोन सेवाबाट बञ्चित भएका छन् । झ्याममा रहेको नमस्तेको टावरमा बिगत १ हप्तादेखि समस्या देखिएको सुर्खेत सिम्ता गाउँपालिका ३ न वडा अध्यक्ष नहकुल बुढाले जानकारी बताए ।
त्यस क्षेत्रमा रहेको नमस्तेको टावरमा खराबी आउँदा सुर्खेत सिम्ता गाउँपालिकाको वडा नं. १ को घोरेरी, २ नं. को काफलकोट, ३ नं.को आग्रीगाउ, ४ नं. को बजेडिचौर र सल्यान बनगाड कुपिन्डे नगरपालिकाको वडा नं. १ को नाम्रा, २ नं. को बामे घर्तिगाउ,३ नं. को बामे औलबेशी लगायतका वडावासी टेलिफोन सेवाबाट बन्चित भएका हुन् ।
अध्यक्ष बुढाका अनुसार वडा कार्यालयहरुमा फोन सेवा अवरुद्ध हुँदा जनताहरुको प्रत्यक्ष बाहेक टेलिफोनबाट हुने काम प्रभावित भएको र जनताले दुख पाएको गुनासो सुनाउनु भएको छ । आफुले नेपाल टेलिकम कार्यालय सुर्खेतलाई बुझ्दा आफुहरुलाई कुनै जानकारी नभएको र त्यसको बारेमा नेपाल टेलिकम कार्यालय बाँके नेपालगन्जलाई जानकारी हुने बताएको अध्यक्ष बुढाले बताए ।
यता सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं. २ सामाजिक परिचालक बिरेन्द्र पुनका अनुसार आफ्नो कार्यालय र गाउँ घरका टोलहरुमा टेलिफोनले काम नगर्दा २ र ३ घन्टा हिडेर डाँडाकाडा पुगेर फोन गर्नु पर्ने बाध्यता रहेको बताए ।
आफ्ना आफन्त लगायत वडाका काम काजको विषयमा कुराकानी गर्न पर्दा घण्टौ हिडेर डाँडाकाडा पुगेर फोन गर्ना बाध्य भएको जानकारी दिएका छन् ।
उता नेपाल टेलिकम नेपालगन्ज बाँकेका डाइरेक्टर प्रकाश प्रधानले आफुहरुलाइ कुनै पनि जानकारी नभएको बताएका छन् । अब त्यसको बारेमा सम्बन्धि प्राविधिक बुझ्न लगाएर त्यसको छिटै समाधान गरिने प्रधानले बताए । एक हप्ता सम्म पनि टेलिफोन टावर अवरुद्ध हुदा सम्बन्धि कार्यालयले जानकारी छैन भन्दै पन्छिएका छन् ।









प्रतिक्रिया दिनुहोस्