कोहलपुर/ समता फाउण्डेसनका कार्यकारी निर्देशक तथा शिक्षा विभाग प्रमुख सुदर्शन पौडेल लगायतको टिमले मध्य तथा सुदुरपश्चिम क्षेत्र अन्तर्गत प्रदेश नं. ५, ६ र ७ मा संचालनमा रहेका समता विद्यालयहरुको अनुगमन गर्ने भएका छन ।
अनुगमनकै क्रममा आईतबार बाँकेको आएको टोलीले ५, ६ र ७ नं. प्रदेशमा रहेका सबै विद्यालयहरुको अनुगमन तथा सुवेरिवेक्षण गर्न लागेको समता उप–केन्द्र कोहलपुरका प्रमुख रबि रोकायाले जानकारी दिए ।
विभिन्न जिल्लाहरुमा समता विद्यालयको शाखा स्थापना गरिएसँगै त्यहाँको भौतिक संरचना तथा शिक्षाको गुणस्तर कायम गराउने उद्धेश्यले अनुगमन गर्न लागिएको हो ।
हाल समता फाउण्डेसन मासिक एक सय रुपैयाँमा मात्रगुणस्तरीय शिक्षा प्रदान गर्दै आएको गुठि विद्यालय हो । हालसम्म नेपालका ७७ वटा जिल्लामा समता विद्याल संचालनमा आईसकेका छन भने एसिया महादेशका भारत, श्रीलङ्का र बङ्गलादेशमा समेत समताको शाखा विस्तार भईसकेका छन ।
फाउण्डेसनले भावि दिनहरुमा आफ्नै भवन बनाएर सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले कोहलपुरमा उप–केन्द्र कार्यालय स्थापना गरेको समता फाउण्डेशनका निर्देशक दिपक संजेलले जानकारी दिए ।
आईतबारबाट सुरु भएको अनुगमन तथा भ्रमणको पहिलो दिन कोहलपुर नगरपालिका–३ का वडाअध्यक्ष तथा कोहलपुर नगरपालिका कार्यालय प्रवक्ता माधव रिजाल, उप-केन्द्र प्रमुख रबि रोकाया, फाउण्डेसनका निर्देशक दिपक संजेल, शिक्षा विभाग प्रमुख सुर्दशन पौडेल लगायतको टिमले भविश्यमा समताको विद्यालय निर्माणकालागि कोहलपुर ३ नं. वडामा छुट्याईएको जग्गाको अवलोकन गरेको थियो ।-kanchulikhabar









प्रतिक्रिया दिनुहोस्