मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन २६, २०७५
बर्दिया/ बर्दियाको बाँसगढी नगरपालिका ८ स्थित ककौरामा १ दिने कुखुरा पालन सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ ।
त्रिभुवन सामुदायिक पुस्तकालयको आयोजना र रिडनेपाल तथा प्राक्टिकल एक्सनको आर्थिक सहयोगमा कुखुरा पालन सम्बन्धी १ दिने अन्तरकृषक कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा बाँसगढीका ३१ जना कुखुरा पालक किसानको सहभागिता रहेको थियो भने सहजिकरण पशु स्वास्थ्य प्राविधिक दिपक थापाले सहजिकरण गरेका थिए ।
पुस्तकालयय व्यवस्थापन समिति अध्यक्ष नविन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम पुस्तकालयमा संचालित प्राविधिक ज्ञानसेवा कार्यक्रम अन्तर्गत संचालन गरिएको थियो ।
कार्यक्रममा किसानलाई परेका समस्याका विषयमा छलफल भएकोे थियो ।