8 September 2024  |   आइतवार, भदौ २३, २०८१

बाँकेको सुरक्षा व्यवस्था सन्तोषजनक छ : प्रमुख जिल्ला अधिकारी भुजेल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन २६, २०७५  

कोहलपुर/  बाँकेका प्रमुख जिल्ला अधिकार मदन भुजेलले जिल्लाको शान्ति सुरक्षा सन्तोष जनक भएको बताएका छन । शुक्रबार कोहलपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

हाल देशैभरीको शान्ति सुरक्षा राम्रो भएको बताउदै उनले शान्ति सुरक्षाको विषयमा सबै व्यापारीलाई ढुक्क हुन आग्रह समेत गरे । व्यवसायीहरुले आफ्नो व्यापारका साथै सामाजिक सेवामा लाग्नुपर्छ उनले भने साथै उनले कोहलपुर नगर निकै सुन्दर नगरपालिका भएको समेत बताए ।

भुुुुुजेल प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएर बाँके आएपछि उनलाई स्वागत तथा सम्मान गरिएको कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

स्वागत तथा सम्मान कार्यक्रममा घरेलु तथा साना उद्योग प्रदेश नं ५ मा सभापतिमा निवार्चित भएका नरेन्द्र प्रसाद शर्मा र प्रमुख जिल्ला अधिकारी भुजेललाई वाणिज्य संघका पदाधिकारीहरुले फुलमाला तथा दोसल्ला सहित सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्माले स्वागत मन्तव्य राखेका थिए त्यस्तै कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा कोहलपुर नगरपालिका वडा नं ११ का वडाध्यक्ष कर्ण बहादुर थापाले जिल्लामा शान्ति सुरक्षा कायम गर्न आफुहरु जिल्ला प्रशासन लाई आवश्यक गर्न तयार रहेको बताए । हामीले जिल्ला प्रशासनलाई कहा सहयोग गर्नुपर्छ हामी तयार छौ थापाले भने ।

त्यस्तै कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग प्रदेश नं ५ का सभापतिमा नरेन्द्र प्रसाद शर्माले भुजेल प्रमुख जिल्ला अधिकारीको रुपमा आइसकेपछि जिल्लामा शान्तिपुर्ण व्यवस्था हुने आशा र भरोसा भएको बताए ।

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारीहरु , व्यवसायी , सुरक्षाकर्मी तथा संचारकमीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शनिबार, साउन २६, २०७५     7:00:26 PM  |