मनाइयो आदिवासी दिवस



कोहलपुर/  २४ औँ अन्तराष्ट्रिय आदिवासी जनजाति दिवस भव्यताका साथ मनाइएको छ । बाँकेको बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा २४ औँ आदिवासी तथा जनजाति दिवस मनाइएको हो । कार्यक्रममा चिसापानी बजारमा ¥याली निकालिएको थियो ।
कार्यक्रममा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश सांसद आइपी खरेल, बैजनाथ गाउँपालिका प्रमुख मान बहादुर रुचालले संयूक्त रुपमा पानसमा बत्ति बाली कार्यक्रमको उद्घाटन गरेका थिए ।

मन्त्री बरालले शुभकामना दिदै जनजातिहरुको अधिकार नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको बताउँदै सविधानको मर्म र कार्यान्वयको अवस्थामा सबै सक्रिय भएर अगाडि बढ्न जरुरी छ । मन्त्री बरालले भने– ‘संविधान कार्यान्वयमा सबैको आवश्यक छ सबै मिलेर यो सविधानलाई कार्यान्वयन दिन जरुरी छ, किन कि यो संंविधानमा सबैको अपनत्व हुने गरी निमार्ण गरिएको छ । हामी यसैमा केन्द्रित रहेका छौ र साथै विकास निमार्णमा केन्द्रित छौ ।’

मन्त्री बरालले अब विकासतर्फ केन्द्रित रहेर प्रदेश सरकार, स्थानीय केन्द्रिय सरकारकाको विकास गृहकार्य अगाडि बढाइसकेको बताए । शुभकामना मन्त्व्य दिदै प्रदेश सांसद आइपी खरेलले जनतातिहरुको मुक्ती तथा सबै नागरिकहरुको अधिकारी संविधानमा उल्लेख भए बमोजिमले अगाडी बढे पनि सबै जाति, क्षेत्र, वर्ग, लिङ्गबाट टाठा बाठाहरुलाई मात्र अवसर लिएको खेदिन्छ । अब यसलाई अन्त्य गर्नु पर्छ र सोझा लाई पनि सम्मान अवसर दिनु पर्ने अहिले चुनौति रहेको बताए ।

सांसद खरेलले अब सबै क्षेत्र लिङ्ग, वर्गबाट यसको विरोद्ध हुन जरुरी छ, अनि मात्र अन्यले पनि सम्मान अवसर पाउने धारण राखे । साथै अब विकासतर्फ सबै सक्रिय भएर लाग्न सासंद आइपीले भने । गाउँपालिका प्रमुख मान बहादुर रुचालले स्थानीय सरकार जिम्मेवारीका साथ आदीवासी तथा जनतातिहरुको उत्थानमा केन्द्रित रहेको बताए । रुचालले नीति तथा कार्यक्रममा जनतातिहरुको उत्थान तथा उनीहरुको संरक्षणमा कुनै पछुतो नहुने गरी कार्यक्रम ल्याएको बताए ।

अध्यक्ष रुचालले जनतातिहरुको क्षमता विकाससँगै संग्रालय निमार्णका लागि आवश्यक वजेट विनियोति गरेको जानकारी गराए रुचालले आगामी वर्षमा समेत आदीवासी तथा जनतातिहरुको विकास हुने खालका कार्यक्रम ल्याउने धारण राखे । कार्यक्रममा विभिन्न समुदायको सहभागिता रहेको थियो ।

यसै गरी पार्टी प्रतिनिधि लगाएतले २४ औ आदिवासी जनजाति दिवसको शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रममा विभिन्न समुदायले नृत्य प्रस्तुत गरे । कार्यक्रममा बैजनाथ गाउँकार्यपालिका सदस्य तथा वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सभापतित्व बैजनाथ समन्वय समितिका अध्यक्ष खड्क प्रसाद रजालीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ साउन २५ गते शुक्रबार