रुकुम/ उपचारको अभावमा रुकुमको चौरहारीमा एक बिरामीको मृत्यु भएको छ ।
जाजरकोट भेरी नगरपालिका ४ का ४२ वर्षका शेरबहादुर बिकको उपचार हुन नपाई मृत्यु भएको स्थानीयबासीले बताएका छन् ।
दमको समस्या भएर चौरजहारी अस्पतालमा उपचार गराउन आएका बिकले उपचार नपाउँदा मृत्यु भएको हो ।
५ दिनदेखि चौरजहारी अस्पताल तनावग्रस्त हुँदा सामान्य तथा जटिल समस्या भएका बिरामीको उपचार हुन सकेको छैन ।
प्रकाशित मिति : २०७५ साउन २४ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्