जनताको तटबन्ध फिल्ड कार्यालयमा १ अर्ब बजेट



दाङ/  जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय लमहीले चालु आर्थिक वर्षमा १ अर्ब १६ करोडको बजेट आउने बताएको छ । उसले सोही बमोजिम सम्बन्धित मन्त्रालयमा वजेट पेस गरेको सूचना अधिकारीले जनाएका छन् ।

सुचनाअधिकारी राजु अर्यालका अनुसार सो बजेट मागगरिएको र हाकिम पनि सोही कार्यमा काठमाडौ रहेकाले अबको एक साता भित्रमा यथार्थ बजेट आउने दाबी गरेका छन् । त्यसमा केही मात्रैमा हेरफेर हुन सक्ने सम्भाबना पनि उत्तिकै रहेको अधिकारी अर्यालले बताए । गत बर्षमा ६२ करोड मात्रै बजेट आएको थियोे ।

उसले राप्ती नदी तटबन्ध र दाङको बबई नदीमा तथा बाँके जिल्लामा पनि तटबन्ध गर्ने काम गरिरहेको छ । २०४३÷०४४ मालमहीमा स्थापना भएको कार्यालयले झन्डै ४० प्रतिशत काम पुरा भएको जनाएको छ ।

बहुबर्षीय गुरुयोजना अन्तर्गत सो कामजारी राखेको छ । अहिले चालुतर्फ राप्ती नदीमा ५२ करोड र दाङको बबईमा ६४ र बाँके जिल्लामा गरी सो बजेट सिफारिस गरि पठाइएको छ ।

प्रकाशित मिति : २०७५ साउन २२ गते मंगलबार