घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं. ५ को अध्यक्षमा शर्मा



कोहलपुर/  कोहलपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् प्रदेश नं.५ का सदस्य नरेन्द्र प्रसाद शर्मा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ को घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा नरेन्द्र प्रसाद शर्मा निर्वाचित भएका छन् ।

महासंघको आइतबार वुटवलमा बसेको बैठकले शर्मालाई घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा सर्वसम्मत चयन गरेको कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेजप्रसाद अधिकारीले जानकारी दिए ।

महासंघले विभिन्न समितिहरु समेत मनोनित गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २१ गते सोमबार