कोहलपुर/ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर कर्मचारी संगठनको सभापतिमा कुश्माखर बस्याल निर्वाचित भएका छन् । संगठनको शनिबार सम्पन्न पाचौं अधिवेशनबाट बस्याल निर्विरोध सभापतिमा निर्वाचित भएका हुन् ।
अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको वरिष्ठ उपसभापतिमा मुस्लिम खान उपसभापतिमा लंक बहादुर रोकाय, हरी चालिसे महिला उपसभापतिमा सुमन गिरी निर्वाचित भएका छन् ।
त्यस्तै गरी महासचिवमा रत्ना गिरी उप–महासचिवमा गोर्कण बहादुर शाही, सचिवमा केदारनाथ सापकोटा र भोजराज पनेरु र कोषाध्यक्षमा लोकनाथ पराजुली निवार्चित भएका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तथा ५ नं. प्रदेशकी भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री आरती पौडेलले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल मध्य र सुदुरपश्चिमको गहना भएकोले सबैले अस्पतालको विकासमा जोड दिनुपर्नेमा जोड दिइन् । त्यस्तै उनले अस्पतालको विकासको लागि आफू प्रतिबद्ध भएको बताइन् ।
त्यस्तै कार्यक्रममा बोल्दै ५ नं. प्रदेश सांसद कृष्णा के.सी.(नमुना) ले कर्मचारीका हकहितका विषयमा आफूले सक्दो प्रयास गर्ने बताइन् । नवनिवार्चित पदाधिकारीलाई केही दिनपछि सपथ तथा पदभार ग्रहण गराइने बताइको छ ।









प्रतिक्रिया दिनुहोस्