कलाकारदेखि जनप्रतिनिधिसम्म बलु



कोहलपुर/  अभिनय र कलाकारिता क्षेत्रमा युवा गायक बलु घर्ति मगरको कुनै नौलो नाम होइन । बाँके कोहलपुर नगरपालिका १३ का भरैयाका बलु विशेष गरी अभिनय र गायन क्षेत्रमा रुची राख्ने युवा कलाकार हुन् ।

सुमधुर स्वरका धनी घर्ति आधुनिक गायकको रुपमा आफ्नो परिचय बनाएका छन् । वि.स.२०६६ सालमा थारु भाषाको चलचित्र कुरहारमा ईन्सिपेक्टरको भुमिकामा अभिनय गरे सगै कलाकारीता क्षेत्रमा प्रवेश गरेका युवा गायक घर्तीले आफ्नै लय शब्द र संगितमा गुञ्जन नामक २ वटा आधुनिक गित संग्रह समेत बजारमा ल्याइसकेका छन् ।

गायनसगै अभिनय क्षेत्रमा रुची राख्ने घर्तीले २०६८ सालमा कलेज लाईफ नामक डकुमेन्ट्री २०७० सालमा थारु भाषाको चलचित्र प्रेम के बस्ती २०७३ मा चलचित्रमा समेत अभिनय गरिसेकेका छन ।

स्थानीय स्तरका सांस्कृति कार्यक्रमका कुशल कार्यक्रम संचालकको रुपमा काम गर्दै आएका उनी करिब १३ वर्ष बागेश्वरी यातायात व्यवसायी समितिमा कर्मचारीको रुपमा समेत काम गरेको बताउँछन ।

कलाकारिता संगै समाजिक सेवमा समेत उत्तिकै सक्रिय घर्ति जननिर्वाचित जनप्रतिनिधि पनि हुन । उनी स्थानीय तहको निर्वाचनमा कोहलपुर नगवरपालिका वडा नं १३ को वडासदस्यमा सबै भन्दा बढी मत ल्याएर विजयी भएका थिए ।

आफु समाजवादी भएको र कलाकारता संगै समाजको सेवामा पनि लागेका कारण धेरै मत ल्याएर विजयी भएको घर्तिको भनाई छ । विगतमा रेडियो जनआवाज तथा प्रतिवोध एफ.एममा समेत कार्यक्रम प्रस्तोताको रुपमा काम गरिसकेको अनुभव रहेको उनको भनाई छ ।
जननिवार्चित प्रतिनिधि भईसकेपछि कलाकारिता भन्दा पल्लिो समयमा अलिबढी समय स्थानीय विकासका कामहरुमा समय दिइरहेको उनी बताउँछन ।

कलाकारिता मेरो पहिचान हो म संगितप्रेमी पनि हो त्यसैले मेरो सांगितिक यात्रालाई पनि निरन्तरता दिने प्रयासमै छु युवा गायक घर्तीले भने । अहिले जनताले अमुल्य भोट दिएर जिताएका कारण पहिलो काम भनेको जनताको सेवा गर्ने हो मेरो सांगितिक यात्रालाई पनि संग संगै लैजाने कोसिस गरिरहेको छु उनले थपे ।

३५ वर्षिय गायक घर्ति चरित्र अभिनयमा समेत उत्तिकै दखल राख्ने गर्छन । निकट भविष्यमा आफ्नो वडा देखि नगर सम्म विकास गर्ने लक्ष्य लिएर आफुले जनप्रतिनिधिका रुपमा काम गरिरहेको उनको भनाई छ । -प्रस्तुति कविन्द्र परियार

  • No tags available
प्रकाशित मिति : २०७५ साउन १९ गते शनिबार