कोहलपुर/ बिहीवार प्लस टु को नतिजा आएपछि बाँकेका प्लस टु हरु आ आफ्नै तरिकाले टपर घोषणा गर्न थालेका छन् । रिजल्ट आउने वित्तिकै बाँकेका कलेजहरु पनि आ आफ्नो तर्क अनुसार कलेज टपर भएको घोषणा गरेका छन् ।
बाँकेमा निजि विद्यालय तर्फ विज्ञान विषयमा बाँके टप भएको आ
दर्श उच्च माध्यमिक विद्यालयले जनाएको छ । जम्मा ९८ प्रतिशत अंक ल्याएको विद्यालयले जनाएको छ । आदर्श उमाविका प्रध्यापक इश्वर पोखरेलका अनुसार अहिले सम्म विज्ञान विषयमा अरु कलेज भन्दा बढि नै अंक रहेको उनले जानकारी दिए ।
आदर्श उमाविका डिल्ली राज गौतमले विज्ञान विषयमा ३.६४ जिपीए अंक ल्याएर बाँके टप भएको विद्यालयका प्रध्यापक पौडेलले बताए ।यस्तै विद्यालयकै संजय गमवा थारुले ३.५७ जिपीए अंक ल्याउन सफल भएका छन् ।
यस्तै म्यानेजमेन्ट तर्फ पनि आदर्श उच्च मावि म्यानेजमेन्टका छात्रा समृद्धि भण्डारीले ३.६ जिपीए ल्याउन सफल भएको कलेजले जनाएको छ । यस्तै सिटि कलेज एण्ड म्यानेजमेन्टले आफनो कलेज मध्यपश्चिम टप भएको जनाएको छ । व्यवस्थापन तर्फ विद्यालयले मध्यपश्चिमकै प्रथम हुन सफल भएको कलेजका प्रध्यानाध्यापक राजन रानाले जिकिर गरे ।
कलेजका एक जना छात्र ओम प्रताप शाहले ३.८ जिपीए अंक ल्याई मध्यपश्चिम प्रथम हुन सक्ने सम्भावना रहेको उनले जानकारी गराए । अहिले सम्मकै राम्रो अंक हो अरु कलेजमा यो भन्दा बढि नल्याएको उनले जानकारी गराउए ।
सिटी कलेजकै यस क्षेत्रकै द्वितिय सलिम खान र रुपक ढकालले ३.७६ जिपीए ल्याउन सफल भएका छन् । यस्तै मोडर्न कलेज एण्ड म्यानेजमेन्टले यस पटक आफ्नो कलेजले सोचे जस्तो अंक नल्याउन सके पनि सन्तोषजनक अंक रहेको कलेजले जानकारी गराएको छ ।









प्रतिक्रिया दिनुहोस्