कोहलपुर/ एक बर्ष अगाडी श्रीमतिको घाँटी छिनाएर इलाका प्रहरी कार्यालय कोहलपुरमा आत्म समर्पण गरेका मोहम्मद अस्ताव बेडुवाको बालबच्चाहरु विचल्लीमा परेका छन् ।
श्रीमतीको हत्या गरेर बेडुवा कारागारमा रहेपछी उनका ६ वटा बालबच्चाको विचल्ली भएको हो । कोहलपुर नगरपालिका वडा नं. ४ बेलनपुरका २९ बर्षिय मोहम्मद अस्ताव बेडुवा गत वर्ष असार महिनामा २७ वर्षिय श्रीमति फलसुन देवी बेडुवाको टाउको छिनाएर प्रहरी कार्यालयमा पुगेका थिए ।
राती साढे १० बजेतिर अस्तावले घर भन्दा तीन किलोमिटर टाढा बाटोमा लागेर श्रीमती हत्या गरेको थिए । वेडुवा कारागारमा गएपछी उनका छोराछोरी अलपत्र परेका छन ।
अलपत्र छोराछोरीहरु खानका लागी सडकमा भिख माग्दै हिडने गरेको बेडुवाकी बुहारी आसरा खानले बताईन । बालबच्चाको भविष्यको लागि कसैले सहयोग गरे उनिहरुको भविष्य उज्वल हुने आसराले बताईन । उनहरुको साहारा कोही नभएपछी अरुको गाईगोरु चराउने मजदुरी गर्ने गरेको हजुरआमा सुन्दरीया खानले बताईन् ।
बाबु जेलमा र बालबच्चाहरुले कसैको साहारा नपाउँदा उनिहरु आफनो बालअधिकारबाट बञ्चित भएका छन । बालबालीकाको क्षेत्रमा काम गर्ने संघसँस्थाहरुले समेत उनिहरुको अवस्थालाई नजर अन्दाज गर्न सकेका छैनन ।









प्रतिक्रिया दिनुहोस्