कोहलपुर/ नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) विद्यार्थीले संगठन देशभर संगठन विस्तारलाई तीब्रता दिएको छ ।
सोही क्रममा संगठनले बाँकेमा संगठन निर्माण तथा सुदृढीकरण अभियान अन्तर्गत बिहिबार कोहलपुरको बालविद्या मन्दिरमा ११ र १२ कक्षाको मुल इकाई कमिटी गठन गरेको छ ।
संगठनले विद्यालयमा अध्ययनरत छात्र एल.बि.शाहीको अध्यक्षयतामा १९ सदस्यीय मुल ईकाइ कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा मिना आचार्य र सुजन पौडेल, सचिवमा दिपेश ओलि, सह–सचिव सुरेन्द्र मगर र लक्ष्मी केसी, कोषाध्यक्ष सपना केसी रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा श्रृष्टि भट्टराई, प्रकाश केसी, पुजा जिसी, निर्मला बुढा, राजन भण्डारी, बिमल केसी, निरु मल्ल लगायत रहेका छन् । उक्त कमिटी संगठनका जिल्ला सचिव डि.बि.शाहीको उपस्थितिमा गठन गरिएको थियो ।
प्रकाशित मिति : २०७५ साउन १८ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्