कोहलपुर/ कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ चेम्बर अफ कमर्स कोहलपुर नगर कमिटिको अध्यक्षमा मनोनित भएका छन् ।
गत असार ११ गते नेपाल चेम्बर अफ कमर्स केन्द्रीय कार्यालय काठमाडौंले कोहलपुर नगर कमिटिको अध्यक्षमा श्रेष्ठलाई मनोनित गरिसकेको पत्राचार गरेको श्रेष्ठले बताए ।
हाल तर्दथ समितिको अध्यक्षमा मनोनित गरेर पठाएको र विधान प्राप्त हुनासाथ आफुले समिति विस्तार गर्ने श्रेष्ठले बताए ।
नेपाल चेम्बर अफ कमर्स केन्द्रीय कार्यालय काठमाडौंले जिल्ला प्रशासन कार्यालय बाँकेलाई बोधार्थ सहित आधाकारितकता प्रदान गरिएको पत्र समेत पठाई सकेको छ ।
प्रकाशित मिति : २०७५ साउन १७ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्