सहायक क्याम्पस प्रमुखको राजिनामा माग गर्दै २४ घण्टे अल्टिमेटम



कोहलपुर/  बाँकेका विभिन्न विद्यार्थी संगठनहरुले कोहलपुर स्थित बागेश्वरी पब्लिक क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण प्रसाद अधिकारीको राजिनामा माग गरेका छन् ।

उनीहरुले बिहीबार एक विज्ञप्ती जारी गर्दै उनीहरुले सहायक क्याम्पस प्रमुख अधिकारीले स्नातक दोस्रो वर्षको परीक्षमा ठूलो आर्थिक चलखेल गरी सिट प्लानिङ्ग नियम अनुसार नगरेको, विद्यार्थी नेताहरुमाथि अभद्र व्यवहार गरेको र आफ्नो पदको मर्यादा विपरित गैर जिम्मेवारीपूर्ण काम गरेको भन्दै राजिनामा माग गरेका हुन् ।

स्नातक दोस्रो वर्षको परीक्षामा अधिकारीले क्याम्पसको इज्जत र प्रतिष्ठामा आँच पु¥याउने काम गरेको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको अनेरा स्ववियू बाँके क्षेत्र नं.१ का अध्यक्ष सुमन घिमिरे, अनेरास्ववियू बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कमिटिका अध्यक्ष हेमन्त भट्टराई, राष्ट्रवादी विद्यार्थी संघका महामन्त्री विजय काफ्ले र नयाँ शक्ति विद्यार्थी युनियन प्रदेश नं. ५ का संयोजक संगम पाख्रेलद्वारा संयुक्त रुपमा हस्ताक्षेरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनीहरुले क्याम्पस सञ्चालक समिति अध्यक्षलाई वोधार्थ बनाई क्याम्पसको प्रतिष्ठामा आँच पु¥याउने काम गरेका सहायक क्याम्पस प्रमुख अधिकारीलाई राजिनामाको माग गर्दै २४ घण्टे अल्टिमेटम दिएका छन् ।

यदि आफ्ना मागलई व्यवास्था गरिए त्यसबाट पर्न जाने क्षति र असरप्रति सम्वन्धित निकाय नै जिम्मेवार रहने विज्ञप्तीमा उल्लेख रिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन १७ गते बिहीबार