कोहलपुर/ बाँकेको राप्तीसोनारी गाउँपालिका—९ स्थित ढकेरी उद्दैन खानेपानी तथा सरसफाई उपभोक्ता समितिले मंगलबार वृक्षारोपण गरेको छ ।
संस्थाको हाताभित्र रहेको खाली जमिनमा १५आँप र १० वटा लिच्चीका २५ वटा विरुवा रोपिएको संस्थाका सचिव सिरधर उपाध्यायले जानकारी दिए ।
संस्था भित्र वर्षौ देखि खाली रहेको सो जमिनमा हरियाली कायम गर्न र वृक्षारोपण गरिएको समितिले जनाएको छ । सो क्षेत्रमा रहेको संस्थाको अन्य खाली भागमा खेतिपाती गरिएको छ ।
पहिलो चरण ५ हजार मुल्य बराबरका २५ वटा रोपिएको र तत्काल थप अरु २५ वटा विरुवा रोपिने समेत समितिका सचिव उपाध्यायले जानकारी दिए । केही समय पछि सो क्षेत्रमा रहको सबै जमिनमा फलफुलको खेती गरिने बताइएको छ ।
वृक्षारोपण कार्यक्रममा संस्थाका अध्यक्ष लक्षीराम के.सी सदस्यहरु झम्पा गौतम , घन बहादुर वली , नमुना खड्का डम्मर शाही, बिर बहादुर वली , राम बहादुर वली ,चन्द्र बहादुर थारु लगायतको सहभागीता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्