नेपालगन्ज/ प्राथमिक उपचारको अद्यावधिक सीप समुदायसम्म पु¥याउने अभिप्रायले ५ दिने प्रशिक्षक प्रशिक्षण पुनर्ताजगी तालिम नेपालगन्जमा मंगलवार सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी प्राथमिक उपचार महाशाखाको आयोजनामा भएको उक्त तालिममा २२ जिल्लाको सहभागिता रहेको थियो ।
तालिमको समापन कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले घाइते र विरामीको अवस्थामा सुधार ल्याउनका लागि हरेक स्थानीय तहको समुदाय स्तरमा प्राथमिक उपचारक हुनु आवश्यक रहेको बताउदै स्थानीय तहले विपद्को पूर्वतयारी गर्दा यस्ता सीप युक्त स्वयंसेवक उत्पादन गर्न जरुरी रहेको कुरामा जोड दिए ।
नेरेसो प्राथमिक उपचार महाशाखाका प्रमुख कृष्ण घिमिरेले रेडक्रसद्वारा उत्पादन भएको पाठ्यक्रम डाक्टर देखि समुदायसम्मका व्यक्तिलाई आवश्यक हुने भएकोले सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा र रेडक्रसको प्राविधिक सहयोगमा प्राथमिक उपचार तालिम संचालन हुँदै आएको कुरा बताए ।
तालिममा आधारभूत सिद्धान्तहरु, आपत्कालिन अवस्था, वेहोसी, गला लाग्नु, ठूलो रक्तश्राव, विष, मुटु र फोक्सो पुनःसचालन प्रक्रिया, किरा तथा जनावरको टोकाई लेक लाग्नु, हिउँले खानु, लु लाग्नु, शरीरको विभिन्न भागमा पट्टीको प्रयोग लगायत विषयको सैद्धान्तिक र प्रयोगत्माक विधिबाट सिकाईको थियो ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीको तर्फबाट नेरेसो डोटी जिल्ला शाखाका मन्त्री देवबहादुर बस्नेतले तालिम सन्र्दभीक रहेको कुरा उल्लेख गरे ।
तालिमको अनुगमकर्तामा विभागका प्रमुख कृष्ण घिमिर, कोर्षकोडिनेटर राजु रावत र सहजकर्ताहरुमा दिपेश कुमार कार्की, निरन्जन सेढाई, पावित्रा बस्नेत र तुम्बराज लिम्बु रहेका थिए ।