कोहलपुरमा सरसफाइ तथा वृक्षारोपण



कोहलपुर/  कोहलपुर नगरपालिका १० मा शनिबार सरसफाइ तथा वृक्षारोपण गरिएको छ । त्रिभुवन नमूना माध्यमिक विद्यालयदेखि राधा प्रतिक्षालयसम्म सरसफाइ तथा वृक्षारोपण गरिएको हो । सो क्षेत्रमा ५० भन्दा बढी बिरुवा रोपिएको थियो ।

कार्यक्रममा कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले आफ्नो टोल, घर सफा र स्वच्छ राख्न अनुरोध गरे । साथै आफ्नो घर वरिपरि फोहोर व्यवस्थापन नगरे कारबाहीको दायरामा ल्याइने बताए ।

 

उनले सास फेर्नका लागि बिरुवा अति आवश्यक भएकाले वृक्षारोपण जरुरी भएको बताए । कार्यक्रममा सशस्त्र प्रहरी बलत्रिपुरा गणका गणपति बसन्त कुमार बोगटिले वातावरण सरसफाइका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।  

कोहलपुर नगरपालिका वडा नं. १० को आयोजना तथा समाज सेवा संस्था नेपाल कोहलपुर १० इकाइ समितिको सहकार्यमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गरिएको हो । ग्रिनवेल्टमा धुपी, सल्ला र पुष्पजन्य बिरुवा लगाइएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल त्रिपुरा गण तक्षशिला एकेडमी, त्रिभुवन नमूना मावि, अपाङ्गप्रतिभा बाल क्लब, बहुप्रतिभाशाली नमूना बाल क्लब, टोल सुधार समिति, स्थानीय लगायतको उपस्थिति रहेको समाज सेवा संस्था नेपाल इकाइ समिति कोहलपुर १० का अध्यक्ष पुस्तीका शर्माले जानकारी दिइन् ।

कार्यक्रमलाई समाज सेवा संस्था नेपालको केन्द्रीय अध्यक्ष बिनोद थापाले सहजीकरण गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन १३ गते आइतबार