नेपालगन्ज / सेवाग्राहीको सहजताका लागी आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा हेल्प डेस्क स्थापना गरिएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य सघंले आन्तरिक राजश्व कार्यलय नेपालगन्जमा हेल्प डेस्क स्थापना गरेको हो ।
हेल्प डेस्कको स्थापना भएपछि टाढाबाट आउने सेवाग्राहीलाई घन्टौ सम्म लाइनमा बस्नु पर्ने बाध्यता नरहेको सेवाग्राही बताउछन् । हेल्प डेस्कको स्थापना पछि आफुलाई धेरै सजिलो भएको सेवनग्राहीहरुले बताए ।
दैनिक रुपमा बाँके, बर्दिया लगाएत विभिन्न जिल्लाबाट आन्तरिक राजश्व कार्यलय नेपालगन्जमा सेवाग्राहीहरु आउने गर्दछन् ।
सेवाग्राहीलाई काममा सरलता होस भन्ने उद्देश्यले हेल्प डेस्कको स्थपना गरिएको हो नेपालगन्ज उद्योग वाणिज्य सघंका अध्यक्ष नन्दलाल बैष्यले जानारी दिए ।
प्रकाशित मिति : २०७५ साउन ११ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्