सञ्चारकर्मी हमालको तिज गित सार्वजनिक



मिसन समाचारदाता कोहलपुर ११ साउन/ गायिका तथा संञ्चारकर्मी कुसुम हमालको तिजगित सरकारी मायाको गीतको भिडियो विहीबार सार्वजनिक भएको छ । उनको पहिलो तिज गित युट्युव मार्फत बिहिबार सार्वजनिक भएको हमालले जानकारी दिईन । रोल्पाका लोक तथा लोक तथा दोहोरी गायक तथा सर्जक रोशन वली र गायिका तथा सञ्चारकर्मि कुसुम हमालको आवाजमा रहेको लोकभाका मा आधारित तीजको मौलिक गीत “सरकारी माया ” को भिडियो युट्युवबाट सार्वजनिक भएको छ ।

नेपाली नारीहरुले अधिक मन पराउने र महिला हरुको महान पर्वमा आफनो प्रतिभा सवै दर्शक तथा स्रोताको माझँमा ल्याउन पाउदा खुशी लागेको गायक वलीले बताए रोशन वलीको शब्द तथा मौलिक लय सिर्जनामा मायामा भावनाहरुलाई गीतको माध्यमबाट ब्यक्त गरिएको यस गीतको म्यूजिक भिडियोको निर्देशन निशान एस के ले गरेका हुन् भने छायाड्ढन सन्तोष लामा तथा सम्पादन प्रकाश एस के ले गरेका छन् ।
गीतको भिडियोमा मायालु जोडिको भुमिकामा आरुषी मगर र निशान एस के को अभिनय रहेको छ । गायिका कुसुम हमाल विगत ४ वर्ष देखि रेडियो प्रतिवोध एफ.एम कोहलपुरमा बाँकेमा कार्यरत छिन ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ११ गते शुक्रबार