बाँसगढी, बर्दिया/ बर्दिया मै पहिलो पटक बाँसगढी क्षेत्रमा पनि सामुदायिक विद्यालयमा डिप्लोमा ईन कम्प्युटर ईन्जीनियरिङ्ग कोर्ष पढाई हुने भएको छ ।
बर्दिया जिल्लामा सामुदायिक विद्यालयमा पनि सिपमुलक र व्यवहारिक शिक्षाको माग भईरहेका बेला नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय बाँसगढीले यस शैक्षिक सत्र २०७५/०७६ देखि डिप्लोमा ईन कम्प्युटर ईन्जीनियरिङ्ग ३ वर्षे कार्यक्रमका लागि भर्नाको आह्वान गरेको छ ।
बाँसगढी क्षेत्रमै डिप्लोमा ईन कम्प्युटर ईन्जीनियरिङ्ग कोर्ष पढाई हुने भए पछि विद्यार्थीहरुले कम शुल्कमा पढ्न पाँउने, अन्य ठुला शहरहरुमा जानु पर्ने समस्या टरेको छ ।
सि.टि.ई.भि.टी बाट सम्बन्धन प्राप्त गरी बाँसगढी क्षेत्रमा पनि नैतिक शिक्षा सँगै रोजगारी र सिप मुलक शिक्षा अहिलेको आवश्यकताको महशुस गर्दै प्राब्विधिक धारको शिक्षा डिप्लोमा ईन कम्प्युटर ईन्जीनियरिङ्ग कोर्ष शुरु गरेको बिद्यालयका प्रधानाध्यापक निराजन चापागाँईले जानकारी दिए ।
विद्यालयमा कम्प्युटर ल्याब, बिज्ञान प्रयोगशाला, ड्रोईङ्ग प्रयोगशाला लगायत अन्य सम्पुर्ण प्रयोगशाला, सुविधा सम्पन्न भौतिक पुर्वाधार सहित शान्त वातावरणमा अनुभवी तथा दक्ष प्रशिक्षक द्धारा अध्यापन गराईने छ ।
३ वर्षे डिप्लोमा ईन कम्प्युटर ईन्जीनेरिङ्ग कोर्ष पढ्न एस.ई.ईमा विज्ञान तथा गणित विषयमा कम्तीमा सि ग्रेडल्याएको, अग्रेजि विषयमा डि प्लस ग्रेड ल्याएको र एस एल सि परिक्षामा द्धितिय श्रेणि उत्र्रिण भएको हुनु पर्ने छ ।
विद्यालयले ३ वर्षे डिप्लोमा ईन कम्प्युटर ईन्जीनियरिङ्ग कोर्ष पढ्न यहि श्रावण १५ गते मंगलबार सम्म आवेदन खुल्ला रहने र श्रावण १९ गते बिहान ७ बजे प्रबेश परिक्षा हुने जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्