विपद् जोखिम न्युनिकरणका लागि पुर्व तयारीमा जुट्ने ऐक्यबद्धता



बाँसगढी, बर्दिया/  बर्दियाको बाँसगढी नगरपालीका र बढैयाताल गाँउपालीकाले विपद् जोखिम न्युनिकरणका लागि पुर्व तयारीमा जुट्ने ऐक्यवद्धता जनाएका छन ।

समुदायमा आधारित विपद् जोखिम न्युनिकरण सम्बन्धी २ दिने तालिम पश्चात जनप्रतिनिधी, बिषयतगत कार्यालयका प्रतिनिधी र राजनितिक दलका प्रतिनिधिहरुले बाँसगढी र बढैयाताल क्षेत्र बाढीको जोखिम रहेकाले आउन सक्ने विपद् न्यनिकरणका आबश्यक प्रक्रिया अपनाउदै अगाढी बढ्न प्रतिबद्ध भएका छन ।

बाँसगढी नगरपालीकाका उपप्रमुख सुष्मा चौधरी र बढैयाताल गाँउपालीकाका उपाध्यक्ष दिपा कुमारी गौतमले अव्यवस्थित भौतिक संरचना निर्माण, पुल पुलेसा जस्ता संरचनाहरुले गर्दा पालिकामा डुवानको जोखिम बढ्दै गईईरहेकाले आगामी दिनमा दिर्घकालिन सोचका साथ अगाढी बढ्ने जनाएका छन ।

तालिममा सहभागिहरुले बाँसगढी बढैयाताल लगायत बर्दिया जिल्लामा नै विपद्बाट हुने मानविय क्षेति न्युन बनाउने तर्फ अग्रसर हुनु पर्नमा जोड दिएका छन ।

उनीहरुले विपद् आउदा अव्यवस्थिति रुपमा हुने राहत बितरणलाई एकद्धार प्रणालीबाट निपक्ष रुपमा वितरण गर्ने तर्फ सजक रहने पनि प्रतिवद्धता जनाएका छन ।

तामिमको सजिकरण गर्दै नेपाल रेड्क्रस उपशाखा बाँसगढीका सभापति गोबिन्द प्रसाद शर्मा रेग्मीले मानव सृजित भौतिक संरचनाले गर्दा न्युन जोखिम रहेको बाँसगढी र बढैयाताल बाढीको जोखिम बढ्दै गईरहेकाले जोखिम क्षेत्रलाई पहिचान गरी जोखिम क्षेत्रको रिपोर्ट, नक्साकंन सहित स्थानिय निकायमा टाँसनु पर्ने बताए ।

२ दिन सम्म चलेको तालिममा कमैया महिला जागरण समाजका कार्यक्रम निर्देशक मान बहादुर डाँगी, ईलाका प्रशासन कार्यालय बाँसगढी शाखा अधिकृत डिल्लीराम आचार्यले सहजिकरण गर्नुभएको थियो ।

थारु महिला उत्थान केन्द्र गुलरियाका कार्यकारी निर्देशक तथा अनुुकुलन एक्स परियोजनाका कार्यक्रम संयोजक प्रिज्मा सिंङ थारु, बाँसगढी नगरपालीकाका उपप्रमुख सुष्मा चौधरी, बढैयाताल गाउपालीकाका उपाध्यक्ष दिपा कुमारी गौतम, बाँसगढी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेल, नेपाल रेड्क्रस बाँसगढी उपशाखाका सभापति गोबिन्द शर्मा रेग्मी, विपद सम्पर्क व्यक्ति बाँसगढीका शेरबहादुर केसी र बढैयातालका बिष्ण पौडेल, विषयगत कार्यालयका प्रतिनिधी, वडा अध्यक्ष, कार्यापालिका सदस्य, स्थानिय विपद व्यवस्थापन समितिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ९ गते बुधबार