कोहलपुर उद्योग वाणिज्य संघद्धारा विपद व्यवस्थापन र पत्रकार अक्षयकोष स्थापना



कविन्द्र परियार कोहलपुर ७ साउन/कोहलपुर उद्योग वाणिज्य संघ बाँकेले विपद् व्यवस्थापन तथा पत्रकार अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । शनिबार बसेको बैठकले सो निर्णय गरेको हो । आईतबार कोहलपुर उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरी बैठका महत्वपुर्ण निर्णयहरु बारे जानकारी गराएको छ । पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले उद्योग र वाणिज्य क्षेत्रमा कलम चलाउने पत्रकारहरुका लागि रु १ लाख ५० हजारको पत्रकार अक्षयकोषको स्थापना गर्ने निणर्य गरिएको बताए ।

त्यस्तै बैठकले रु १ लाख ५० हजारकै विपद् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको अध्यक्ष अधिकारी पत्रकार सम्मेलनमा जानकारी दिए । त्यस्तै बैठकले बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसलाई सि.सि क्यामरा जडान गर्नका लागि रु १ लाख ५० हजार उपलब्ध गराउने , भदौ १५ गते संघको साधारण गर्ने निर्णय गरेको छ । भने आगामी माघ १४ गते देखी २६ गते सम्म कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव संचालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै संघको ३ करोड ६२ लाखको लागतमा निमार्ण गर्न लागिएको बहुआयामिक भवन निमार्णकालागि ५ सदस्यीय समित गठन गरि निमार्णको कामलाई अघि बढाईएको वर्षा मौसम पछि. निरन्तरता दिईने बताइएको छ ।
कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव संचालन गर्न होटल व्यवसायी संघ संग समन्वय गरी संघले आपैm भव्य रुपमा मेला संञ्चालन गर्ने बताएको छ । पत्रकार सम्मेलनमा कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्मा महासचिव तेज प्रसाद अधिकारी महिला सदस्यहरु सिता कार्की,संगीता सुवेदी तथा अन्जान धिताल कोहलपुरका संचारकर्मी लगायतको सहभागीता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ७ गते सोमबार