कृषकलाई गुणस्तरहिन विउँ वितरण



कोहलपुर/  राप्ती सोनारीका किसानले जिल्ला कृषि कार्यलय र सहकारी सस्थाले गुणस्तरहिन धान तथा मकैको विउ विउँ वितरण गरि अनुदानका नाममा कृषकलाई ठग्ने काम गरेको गुनासो गरेका छन् ।

राप्ती सोनारी गाउँपालिकामा भएको रेडियो कृष्णसार एफएमको नियमित कार्यक्रम पश्चिम सरोकारका उत्पादनका सहभागीले यस्तो बताएका हुन् । राप्ती सोनारी २ कचनापुरका युवा कृषक सुकलाल वोहराले सहभागीका रुपमा पश्न राख्दै अनुदानमा धानको विउँ आधा उम्रने भुस मिसिएको पाएको बताए ।

उनले भने–‘खाद्यन्न तथा तरकारी उत्पादन कृषि सहकारी सस्था कचनापुरले ५० प्रतिशत छुटमा धानको विउँ वितरण ग¥यो तर त्यो धानको विउँ भुस मात्रै र मिश्रित उन्नत जातको थियो ।’

वसहमा सहभागी महाँलक्ष्मी महिला कृषि सहकारी सस्थाकी अध्यक्ष तथा कुसुमकी कृषक दिपा आचार्य खत्रीले गाउँपालिकाबाटै वितरण भएको विउमा पनि समस्या आएको कुरा बताइन् ।

उनले कृषि शाखाबाट अनुदानको मकैको विउ लगेको अहिले किरा लागेर विक्रि नभएको बताइन् । विउ किनेर लगेका किसानले छरेपनि पनि उम्रेको छैन ।

शाखामा ओमप्रकाश शर्मालाई ५ पल्ट जानकारी पनि गराएको हो । तर प्राविधिकले अब फिर्ता हुँदैन भनेको किसानहरुको गुनासो छ ।

कृषका तर्फवाट सहभागी आस्माली पुनले कृषकहरुले समस्या कुलाउदा पनि निकै ठुलो क्षती हुने भन्दै प्राविधिक समस्या आए तत्काल गाउँपालिकामा मुख्य निकायसँग कुरा राख्न किसानहरु एकजुट हुनुपर्नेमा औल्याइन् ।

जिल्ला सहकारी संघ बाँके अध्यक्ष प्रेम प्रसाद सुवेदीले सहकारीमा आवद्ध तथा अन्य किसानलाई नडराईकन सूचना बाहिर ल्याउन अनुरोध गरे ।

स्थानिय सरकारसँग विशेष समन्वयमा कृषकका हितमा सहकारी सञ्जाल अब थप अग्रसर हुने भन्दै गुणस्तरहिन विउ वितरण गर्ने कृषि प्राविधिकलाई कारवाही गर्न गाउँपालिका अध्यक्षसँग अनुरोध गरे ।

कुनै पनि समस्या आए नलुकाउन किसानलाई विशेष अनुरोध गर्दे राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सहभागीहरु कृषकहरुको समस्या समाधान गर्न आफू तयार रहेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २२ गते शुक्रबार