1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

जलवायुमैत्री कार्यक्रमले नगरवासीको सक्रियता बढ्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार १७, २०७५  

बर्दिया/   जलवायु मैत्रिय जिविकोपार्जन तथा स्थानिय सुशासन कार्यक्रम संचालन भएपछि वारबर्दिया नगरपालिकाका कृषकहरु लाभान्वित भएका छन ।

डेनमार्कको आर्थिक सहयोगमा थारु महिला उत्थान केन्द्र बर्दियाले वारबर्दिया नगरपालिका क्ष्ँेत्रमा जलवायु मैत्रिय जिविकोपार्जन तथा स्थानिय सुसाशन कार्यक्रम संचालनमा ल्याएपछि नगरवासीहरुमा उत्साह थपिएको हो ।

जिविको पार्जनका लागी नगरपालिकाका सम्पुर्ण घरधुरीलाई तरकारी खेतिका लागी विउ वितरण कार्यक्रम जारी रहेको थारु महिला उत्थान केन्द्रका जलवायु मैत्रिय जिविकोपार्जन तथा स्थानिय सुसासन कार्यक्रमका अधिकृत सन्तोष पराजुलीले बताए ।

जिविको पार्जनका लागी वारबर्दिया नगरपालिका, थारु महिला उत्थान केन्द्र र सुभ लाभ पशु विकास सहकारी सस्थाको आयोजनामा दुध डेरीको स्थापना गरिएको छ ।

त्रिपक्ष्ँीय सम्झौता अनुसार १० लाख रुपैयाको लागतमा जयनगर वजारमा सो डेरी सुभ लाभ पशु विकास सहकारी संस्थाले संचालनमा ल्याएको छ । यसबाट ३ सय ५० भन्दा वढि किसानले लाभ लिने बताइएको छ ।

साथै धान खेतिमा हा“स पालनको कार्य लाई पनि अगाडि वढाइएको छ । जस अनुसार ८० जना किसानलाई २ कठठा वरावर ४० वटा हास वितरण गरिन लागेको पनि पराजुलीले बताए । यसबाट किसानलाई दोहोरो फाइदा हुने विश्वास गरिएको छ । यसका लागी किसानमा उमगं छाएको छ ।

साथै सस्थाले जोखिम न्युनिकरण सम्वन्धि छलफल , गोष्ठि , अन्तरक्रिया लगायतका क्रियाकलाप पनि गरिरहेको छ । सो छलफल तथा कार्यक्रमबाट भविश्यमा हुन सक्ने वाढि बाट क्षति कम गर्नमा मद्दत पुग्ने विश्वास गरिएको छ ।

यसै गरी स्थानिय सुशासन, लैङ्गिक समानता अन्तर्गत जनप्रतिनिधि, संघ सस्थाका प्रमुख तथा प्रतिनिधि , नागरिक समाज लगायत सग कसरी सुशासन कायम गर्न सकिन्छ भन्ने विषयमा छलफले पारदर्शिता बढदै गएको पाइएको छ ।

प्रकाशित मितिः आइतवार, असार १७, २०७५     8:29:43 AM  |