कोहलपुर/ बाँकेको कोहलपुरबाट प्रकाशित हुने मिसन टुडे राष्ट्रिय दैनिक पत्रिकाले सोमबार आफ्नो नवौँ वार्षिक उत्सव मनाएको छ ।
वार्षिक उत्सवको पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक विनोद पौडेलले केक काटेर उद्घाटन गरेका थिए । वार्षिक उत्सवमा बोल्दै प्रधान सम्पादक पौडेलले पत्रिका ८ वर्ष पुरा गरि नवौं वर्षमा प्रवेश गर्नुमा सम्पुर्ण पाठक, विज्ञापनदाता, सहयोगी, संघ संस्था मिसन टिमको हात रहेको भन्दै मिसन टुडे दैनिक पत्रिकालाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका थिए ।
वार्षिक उत्सवको अवसरमा पत्रिकाका सम्पादक, साहित्य सम्पादक समाचारदाता, व्यवस्थापक कर्मचारीहरु लगायत सम्पूर्ण कर्मचारीहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो । साथै सम्पूर्ण कर्मचारीहरुको रु २ लाखको दुर्घटना विमा समेत गराइएको छ ।

कारणवस कहिकतै कुनै पनि कर्मचारी दुर्घउटनामा परे सो रकम पाउने छन् । २०६७ असार ११ गते देखि प्रकाशन सुरु गरेको पत्रिकाले वार्षिक उत्सवको अवसरमा विशेष अंक समेत प्रकाशित गरेको छ ।
क्षेत्रीय ‘ख’ श्रेणीमा पर्न सफल दैनिक पत्रिका बाँके जिल्लाका सबै स्थानीय तह लगायत बदिर्या, दाङ, सुर्खेत लगायतका जिल्लाहरुमा समेत पुुग्ने गरेको छ ।


















प्रतिक्रिया दिनुहोस्