बर्दिया/ बाँसगढी नगरपालिकामा गैरसरकारी संस्थाहरुले ३ करोड बढी बजेट खर्च गर्ने भएका छन् । शुक्रबार एक कार्यक्रमका बिच बाँँसगढी नगरपालिका समक्ष आफ्नो पक्ष पेश गर्दै गैरसरकारी संस्थाहरुले आर्थिक वर्ष २०७५÷०७६ मा ३ करोड बढि बजेट खर्च गर्ने भएका छन् । १३ गैरसरकारी संस्थाहरुले कार्यक्रममा आ–आफ्नो कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमा बोल्दै नगर प्रमुख शालिकराम अधिकारीले अब गैरसरकारी संस्थाहरुले नगरपालिकाको नीति अनुरुप कार्यक्रमहरुको योजना बनाउनु पर्ने बताए । उनले कार्यक्रममा दोहोरोपना आउन नदिन नगरपालिकाका विभागहरुसँग समन्वय गरेर आफ्ना कार्यक्रमहरु सञ्चालन गर्न अनुरोध गरे ।
कार्यक्रम प्रस्तुत गर्नेहरुमा प्राचिन सृजनशिल आदिवासी समाज, युनिक नेपाल, जनजागरण मञ्च, लिवर्ड, कमैया महिला जागरण समाज, थारु महिला उत्थान केन्द्र लगायत संस्थाहरु रहेका छन् ।
बाँसगढी नगरपालिकाका उपप्रमुख सुष्मा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख सालिकराम अधिकारी, प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेल लगायत गैरसरकारी संस्थाका प्रनितिधि, नगर कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्