परिवार नियोजन सम्बन्धी सडक नाटक



कोहलपुर/   बाँकेको कोहलपुर नगरपालिका १५ चौधरिया टोलमा परिवार नियोजन सम्बन्धी सडक नाटक प्रर्दशन गरिएको छ ।

विभिन्न संघ संस्थाको सहयोग र परिवार नियोजन संघ बाँकेको आयोजनामा बिहीबार सडक नाटक प्रर्दशन गरिएको हो । परिवार नियोजन सम्बन्धी जनचेतना फैलाउनको लागि सडक नाटक प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

नेपाल परिवार नियोजन संघका विजय ज्ञवालीले सिमात्तकृत समुदायमा परिवार नियोजनको पहुँच अभिवृद्धि गर्नको लागि सडक नाटक प्रर्दशन गरिएको बताए ।

उनले नाटकले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको पाइएको बताएका छन् । स्थानीय कलाकारहरुले आफ्नो कला मार्फत परिवार नियोजन सम्बन्धी जानकारी स्थानीयलाई दिएका थिए ।

नाटकमा महिला र पुरुषले प्रयोग गर्ने परिवार नियोजनका अस्थायी तथा स्थायी साधनको जानकारी त्यसलाई प्रयोग गर्ने तरिका समेत सिकाइएको थियो ।

थारु समुदायको बाहुल्यता भएको चौधरियामा सडक नाटक हेर्न ठूलो सख्ङ्यामा मानिसहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७५ असार ८ गते शुक्रबार