बर्दिया/ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायप्रति हुने लान्छना तथा भेदभाव न्युनीकरणसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
तेश्रो लिङ्गलाई स्वास्थ्य क्षेत्रमा विभेद देखिएकोले विभेद अन्त्य गर्ने उद्देश्यले बर्दिया जिल्लाका स्वास्थ्यकर्मीहरुसँग बुधबार गुलरियामा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
तेश्रो लिङ्गिहरुलाई कार्यथलो, विद्यालय, स्वास्थ्य क्षेत्र, सञ्चारमाध्यम र धार्मिक ठाँउहरुमा आफ्नै साथिभाई, घरपरिवारका सदस्यहरुले लान्छना गलाउने गरेकाले तेस्रो लिङ्गिहरुलाई हेर्ने दष्टिकोणमा परिवर्तन गर्नु पर्ने कुरामा जोड दिइएको थियो ।
तेश्रो लिङ्गिहरु धेरै जसो लेखपढ नभएको र हातमा कुनै सीप नभएकोले कुनै ठाँउमा काम गर्न जाँदा सबैले दुव्र्यवहार गर्ने, काम नदिने कारणले आफुहरुले अनैतिक कार्य गर्न बाध्य हुने गरेको उनीहरुले दुखेसो पोखेका थिए ।
अभिमुखीकरण कार्यक्रममा बर्दिया जिल्लामा तेश्रो लिङगी भनेर पहिचान भएका ३ सय ४५ जना रहेपनि अझै समाजमा खुलेर नआएका तेस्रो लिङ्गिहरु धेरै रहेको सुन्दर संसार बर्दियाका अध्यक्ष सपना चौधरीले जानकारी दिइन् ।
अभिमुखीकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त मेडिकल सुपरिटेन्डन डा.रञ्जन थपलियाले कार्यक्रम धेरै राम्रो भएको र आउँने दिनमा तेश्रो लिङ्गिहरुलाई उपचार गर्नमा सहयोग गर्ने समेत प्रतिबद्ध गरे ।









प्रतिक्रिया दिनुहोस्