विद्यालयलाई पंखा हस्तान्तरण



कोहलपुर/  कोहलपुर नगरपालिका–१४ हवल्दारपुर स्थित सिर्जना बाल प्राथमिक विद्यालयलाई बुधबार दुई वटा पङ्खा सहयोग गरिएको छ ।

विद्यालयका २ ओटा कक्षामा पङ्खा नभएर पठन पाठनमा समस्या भएको जानकारी प्राप्त भएपछि बासका प्रतिनिधिहरुले मिलेर विद्यालयलयलाई पङ्खा सहयोग गरेको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमलाल रिहालको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाह र उप निर्देशक हेमराज भट्टले अध्यक्ष रिहाललाई पङ्खा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष रिहालले विद्यालयको दुई ओटा कक्षामा पङ्खा नहँुदा चर्को गर्मीका कारण विद्यार्थीको पठन पाठनमा समस्या भएको भन्दै सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।

विद्यालयका प्रधानाध्यापक जित बहादुर थापाले बासले गरेको सहयोग विद्यालयका लागि ठूलो गुण भएको बताए ।

पंखा प्राप्त भएपछि विद्यालयको पठन पाठनमा सहजता आउनुका साथै विद्यार्थीहरुलाई गर्मीमा निकै राहत मिल्ने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ७ गते बिहीबार