कोहलपुर/ कलेज अफ सफ्टवेयर इन्जिनियरिङ कलेज नेपालगन्जले २२ औं वार्षिकोत्सव मनाएको छ ।
कलेज अफ सफ्टवेयर इन्जिनियरिङले विगत २१ वर्षदेखि नेपालगन्जमा कम्प्युटर शिक्षा प्रदान गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सेन्ट थोमस कलेजका प्रध्यापक अर्जुनलाल नेवारले सिएसईले विगत लामो समयदेखि हजारौँ विद्यार्थीको भविष्य उज्जवल पारेको बताए ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गजल, कवितालगायत मनोरञ्जनात्मक क्रियाकलापसमेत प्रस्तुत गरेका थिए ।
कलेजका अध्यक्ष कमल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा क्यान महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष संजय थापा, युवा संघ बाँकेका अध्यक्ष किशोर थापालगायतले धारणा राखे ।
प्रकाशित मिति : २०७५ असार ५ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्