कोहलपुर/ सडक मिचेर फुटपाथ कब्जा गर्ने र फुटपाथमै व्यवसाय सञ्चालन गर्नेविरुद्ध बाँके प्रहरीले अभियान चलाएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्ज, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र नेपालगन्ज उपमहानगरपालिकाको सक्रियतामा नेपालगन्जमा फुटपाथविरुद्ध अभियान चलाइएको हो ।
अहिले नेपालगन्जको मुख्य सडक सुर्खेतरोड र अन्य सडकको फुटपाथमा व्यवसायीहरुले आफ्ना सामान राखेर बटुवालाई आवातजावत रोक्ने काम गरेका छन् ।
फुटपाथमा राखिएका सामानका कारण दुर्घटनासमेत हुने गरेको छ । त्यसरी फुटपाथमा राखिएका सामग्रीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
सडक छेउमा राखिएका होडिङ बोर्ड, टेबुल साइकल, ठेलालगायतका सामग्री नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका सामग्री जरिवाना कटाएर छाडिने नेपालगन्ज उपमहानगरपालिकाका निरीक्षण शाखा प्रमुख पवनकुमार कनौजियाले जानकारी दिए ।
ट्राफिक प्रहरी नगर प्रहरी र वडा प्रहरीसँगै अन्य सरोकारवाला निकायसँगको समन्वयमा काम भइरहेको र यो निरन्तर चल्ने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्