10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

नेपालगन्जको जय बागेश्वरी आयल स्टोरमा शिल बन्दी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार ४, २०७५  

नेपालगन्ज/  बाँकेको नेपालगन्ज उप–महानगरपालिका जयसपुरमा रहेको एक पेट्रोल पम्प अनुगमन समितिले शिल बन्दी गरेको छ ।

मापदण्ड भन्दा कम पेट्रोलियम पदार्थ दिएर ग्राहक ठगिरहेको फेला परेपछि सोमबार समितिले जयसपुर स्थित जय बागेश्वरी आयल स्टोर शिल बन्दी गरेको हो ।

अनुगमन समितीले प्रति १० लिटरमा ४० एमएल प्रेट्रोल कम दिने गरेको फेला पारेपछि पेट्रोल पम्पमा शिल गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँके, आयल निगम, नाप तौल तथा गुणस्तर कार्यालय सम्मिलित अनुगमन टोलीले पेट्रोल पम्पको अनुगमन गरेको हो ।

समितीले नेपालगन्जमा रहेका अन्य पेट्रोल पम्पको समेत अनुगमन गरेको थियो । समितिले पम्प शिल गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मितिः सोमवार, असार ४, २०७५     7:15:22 PM  |