कोहलपुर,१ असार/ विश्व रक्तदाता दिवस बिहीबार बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा कोहलपुरमा रक्तादन कार्यक्रम गरिएको छ । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले रेडक्रसले मानविय जीवनलाई बचाउँनका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको बताउँदै रेडक्रससँग स्थानीय सरकार सहकार्य गर्न तयार रहेको बताए ।
मानिसलाई जतिखेर पनि रगत चाहिने भएकाले रक्तदान गरी जीवन दान गर्ने पवित्र उद्देश्यलाई पुरा गर्नका लागि सबैको साथ र सहयोगको आवश्यकता पर्ने भन्दै रेडक्रसको जन्मदातालाई सबैले सम्मान गर्नपर्ने उल्लेख गरेका थिए ।
कोहलपुरमा तत्काल रगतको अभाव भएकाले रगतको अभावलाई कम गर्नका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाकी कार्यवाहक सभापति गौरा भट्टराईले बताइन् । स्थानीय जनप्रतिनिधि, कोहलपुरका युवा, सुरक्षा निकायका प्रतिनिधि, डाक्टर स्थानिय युवाहरु गरी ५५ जनाले रक्तदान गरेका थिए ।
यस्तै डुडुवा गाउँपालिकाले पनि विशेष कार्यक्रम गरी दिवस मनाएको थियो । गाउँपालिकाको वडा नं.२ को कार्यालय बेतहानीमा गरिएको बृहत रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् ।
वडाध्यक्षद्धय गजेन्द्र कैराँती र मोहनराम मिश्र, गोपीनाथ बैश्य, शसस्त्र प्रहरीका इन्सपेक्टर गंगाराम भट्ट, गाउँपालिकाका कर्मचारी काश्ेलकुमार कैराँती, इन्जिनियर तेजराज खडका, पत्रकार पवन जायसवाल लगायत जनप्रतिनिधी, कर्मचारी, प्रहरी, युवा लगायतले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रम अघि आयोजित विशेष कार्यक्रममा बाँके जिल्ला सम्न्वय समितिका उपसंयोजक ज्ञानेन्द्रकुमार चौधरीले ग्रामिण क्षेत्रमा यस्तो मानविय सेवाको कार्यले नागरिकमा सचेतना फैलिएको भन्दै रत्तदान भनेको अरुको जिवनदान गर्नु हो यस्तो कार्यमा सबैको सहयोगको आवश्यकता रहेको औल्याए ।
यस्तै गाउँपालिका प्रमुख चौधरीले पछिल्लो समय गाउँपालिकाका बारेमा सामाजिक संजालमा आएका विचारप्रति ध्यानाकर्षण गराउँदै केही अफुवाहरुको पछि नपर्न सत्य तथ्य बुझ्न आग्रह गर्दै स्थानीय सरकार आफैमा स्वयत्त रहेकाले कानून, नीति नियम र प्रक्रिया अनुसार नै अघि बढिरहेको स्पष्ट पारे ।









प्रतिक्रिया दिनुहोस्