बाल विकास केन्द्रलाई सहयोग



नेपालगन्ज,३० जेठ/  बाँकेको खजूरा गाउँपालिका–१ राधापुरमा रहेका बाल विकास केन्द्रलाई शैक्षिक र खेलकुदका सामाग्री सहयोग गरिएको छ ।

खजूरा गाउँपालिकाको आर्थिक सहयोगमा समृद्धिका पाईला बाँकेले वडाभित्र रहेका तीनवटा बाल क्लबलाई सहयोग गरेको हो ।

तिर्खा आधारभुत विद्यालय जलपोखरीमा रहेको बाल विकास केन्द्रमा आकर्षक भित्तेलेखन समेत गरिएको प्रधानाध्यापक सुन्दर गुरुङले जानकारी दिए । बालबालिकाका लागि उपयोगी शैक्षिक र खेलकुद सम्बन्धी भित्तेलेखन गरिएको छ ।

यसैगरी कल्याणकारी बाल विकास केन्द्रलाई कार्पेट, कुसन, कापी, पेन्सिल लगायतका शैक्षिक र खेलकुदका सामाग्री उपलब्ध गराइएको छ ।

वडा अध्यक्ष सुमन मल्लले बाल विकास केन्द्रका अध्यक्ष दुर्गाबहादुर बोहरा र सहयोगी कार्यकर्ता जमुना वलीलाई शैक्षिक र खेलकुद सामाग्री हस्तान्तरण गरे ।

वडा कार्यालयको सहयोगमा बाल विकास केन्द्रको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ३० गते बुधबार