५ सयका नक्कली नोट बरामद



दाङ,२९ जेठ/  दाङको घोराहीमा नक्कली रुपैयाँको कारोबार हुने गरेको फेला परेको छ । घोराहीको एक भाडाँ पसलले भारतीय रुपैयाँ साट्दा नेपाली ५ सय रुपैयाँ नक्कली नोट दिएपछि यस्तो तथ्य बाहिर आएको छ ।

घोराही उपमहानगरपालिका १४ नयाँ बजारमा रहेको ओम भाँडा पसलका सञ्चालक अजय गुप्ता र अमित गुप्ताले बंगलाचुली गाउँपालिका वडा नम्बर २ मर्पेस निवासी फुर्सी पुनलाई सोमबार ५ सयका १२ वटा नोट दिएका थिए ।

छोराले भारतबाट पठाएको साढे ७ हजार रुपैयाँ भारु सटहीका लागि फुर्सी सो भाँडा पसलमा गएको र उनीहरुले ५ सयका १२ वटा नक्कली नोट दिएको थिए । उक्त पैसाले घोराही १८ मसिनाका बमबहादुर कवरसँग बालुवा किन्ने क्रममा नक्कली नोट भएको थाहा भएको हो ।

उक्त नक्कली नोट दिने अजय र अमितले भने आफुहरुलाई पनि ग्राहकले दिएको दावी गरेका छन् तर उनीहरुले बिक्रि गरेको समानको बिल नभएको बताउँदै आएका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २९ गते मंगलबार