रोल्पा,२९ जेठ/ जातीय छुवाछुत अन्त्य गर्ने उद्देश्यले रोल्पाका स्थानीय तहले सामाजिक अभियानको थालनी गरेका छन् । जातीय छुवाछुत समृद्ध समाजका लागि बाधक भएको जनाउँदै त्यहाँका स्थानीयतहका सरकारले अभियान सुरु गरेका हुन् ।
जिल्लामा रहेका दलितहरुको साझा संस्था दलित जनाधिकार मञ्चसँगको साझेदारीमा जिल्लाभर अभियान सुरु गरिएको हो । विगतमा सशस्त्रद्वन्द्वको कम प्रभाव रहेका तथा बाहुन क्षेत्रीको घनाबस्ती रहेका क्षेत्रमा जातीय छुवाछुत बढी रहेको दलित जनाधिकार मञ्च रोल्पाका सचिव मानसिंह विकले जानकारी दिए ।
सशस्त्र द्वन्द्वबाट प्रभावित तथा जनजाति बाहुल्य क्षेत्रमा छुवाछुत निकै कम देखिएको उनको भनाई छ । बालीघरे प्रथाको अन्त्य, पञ्चेबाजा समुहको व्यावसायीकरण तथा जातीय छुवाछुत अन्त्य भएको सुनिश्चितता भएपछि वडालाई जातीय छुवाछुतमुक्त वडा घोषणा गरिने दलित अभियान्ताहरुले जनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्