1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

लागूपदार्थ दुव्यर्सनी सम्वन्धी युवा परामर्श

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २५, २०७५  

नेपालगन्ज,२५ जेठ/    नेपालगन्जमा बिहीबार लागूपदार्थ दुव्यर्सनी सम्वन्धी युवा परामर्श तथा अभिमुखीकरण कार्यक्रमगरिएको छ ।

‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युुवा’ मुल नाराका साथ लागूपदार्थ दुरब्र्यसन, यसका असर तथा परिणाम र सर्तकताबारे यूवाहरुलाई परामर्श तथा अभिमुखीकरण गरिएको हो ।

जिल्ला युवा समितिको कार्यालयको मुख्य आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सो अभिमुखीकरण कार्यक्रम गरिएको हो । उक्त कार्यक्रमको सहजीकरण सहारा हाउसका प्रमुुख अभिराज क्षेत्रीले गरेका थिए ।

उनले लागूपदार्थ दुव्र्यसन र यसका असर तथा परिणाम र लागूपदार्थबाट कसरी बच्न सकिन्छ भन्ने बारे युवाहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले अभिभावकहरुलाई सचेतना जगाउनुु पर्नेमा जोड दिए ।

लागूपदार्थ दुव्र्यसन रोक्नको लागि स्थानीय नागरिकले सहयोग गर्नुपर्ने महिला तथा बालबालिका सेवा केन्द्रका श्याम कुमारी मगरले बताए ।

यस अभिमुखीकरण कार्यक्रमबाट लागुऔषधको असर लागूऔषध दुरुपयोग उपचारका बारेमा जानकारी पाई लागूऔषध दुरुपयोगका घटना रोकथाम तथा न्यूनीकरणमा टेवा पुग्ने विश्वास लिइएको बताइएको छ । सो कार्यक्रममा ६० बढि युवाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २५, २०७५     7:37:03 AM  |