कोहलपुर,२३ जेठ / बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाउँ स्थित कामना सेवा विकास बैंक लिमिटेडको ५०औं शाखा कार्यालय मंगलबारदेखि सञ्चालनमा आएको छ । बैकको बैजनाथ गाउँपालिकाका प्रमुख मान बहादुर रुचालले पानसमा दियो बालेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गाउँपालिका प्रमुख रुचालले बैक नाफामुखी भन्दा सेवामुखी हुनुपर्ने बताए । साथै बैजनाथ गाउँपालिका उद्यमशिलतामा आमूल परिवर्तनमा अघि बढेको हुदाँ आर्थिक तथा वित्तिय सेवा प्रवाह गर्नका लागि बैकले सहयोग गर्नेेुपर्ने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बाँकेको अध्यक्ष प्रेम सुवेदीले बैंकले बेैजनाथ गाउँपालिकामा प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिए । त्यस्तै सहकारी बोर्डका केन्द्रिय सदस्य देव बहादुर केसीले बैजनाथ गाउँपालिका भित्र रहेका सहकारीहरुले सो बैंकबाट वित्तिय कारोबार गर्न आग्रह गर्दै सो अनुसार अघि बढ्ने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले बैंकहरु शहरमा मात्र होइन देशका ग्रामिण इलाकामा समेत पुग्नु पर्दछ र त्यस क्षेत्रका जनताहरुले समेत आधुनिक बैकिङ्ग सुविधाहरु प्राप्त गर्दै वित्तीय पहुच हरेक क्षेत्रमा पुग्नु आवश्यके ठानेर बैजनाथ गाउँपालिकामा बैंकको शाखा विस्तार गरेको बताए ।
बैंकलेअधिकृत पूंजी ३ अर्व रहेको यस बैंकको चूक्तापूंजी २ अर्व ३५ करोड ७१ लाख ३१ हजार ६ सय ३२ रहेको छ । बैंकले हाल सम्म करिब १४ अर्व ४० करोड निक्षेप संकलन गरी करिब १३ अर्व ३० करोड कर्जा लगानी गरिसकेको छ भने चैत्र मसान्त सम्म करिब ३६ करोड संचालन मुनाफा आर्जन गरेको बताईएको छ ।
कारोबार शुभारम्भको उपलक्ष्यमा स्थानिय ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको र शुभारम्भकै दिन २ सय ८५ भन्दा बढी ग्राहकले निक्षेप खाता खोलेको र करिब १ करोड ५० लाख निक्षेप संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले जानकारी दिए ।
बैजनाथ गाउँपालिका उपप्रमुख शारदा रेग्मी, कोहलपुर उद्योग वाणिज्य संघ अध्यक्ष चक्र बहादुर अधिकारी, बैजनाथ गाउँपालिका वडा नं. ५ वडा अध्यक्ष मान बहादुर खत्री, वडा नं. ६ का वडाध्यक्ष भद्र बहादुर बस्नेत, कार्यापालिका सदस्य गुमान सिंह दमाई, लक्ष्मी थारु, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक वसन्त बोगटी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम बैंकका अध्यक्ष भिम प्रसाद तुलाचनको सभापतित्वमा सम्पन्न भएको थियो









प्रतिक्रिया दिनुहोस्