दुई जातको मकैको विउ सिफारिस



दाङ,१७ जेठ/    जिल्ला कृषि विकास कार्यालय दाङले यस वर्ष जिल्लामा दुई जातको मकैको विउ सिफारिस गरेको छ । कार्यालयका अनुसार रामपुर कम्पोजिट र अरुण दुई जातको मकैको विउ सिफारिस गरिएको हो ।

उत्पादन तथा विक्री गर्दा किसानले उचित मुल्य पाउने भएकाले यी दुई जातको मकैको विउ वितरण गरिएको कार्यालयका बाली विकास अधिकृत सुमन खनालले जनाकारी दिए ।

उनका अनुसार कार्यालयको अभियानमुखी कृषि उत्पादन कार्यक्रम अन्तर्गत विउ वितरण गरिएको हो । उक्त कार्यक्रमअन्तर्गत मकैको विउ किसानहरुले प्रति केजी ७५ रुपैयाँमा मात्र पाउने अधिकृत खनालले बताए ।

किसानहरुलाई यी दुई जातका मकैको विउ तुलसीुर, घोराही र लमहीका विभिन्न एगा्रेभेटबाट विक्री वितरण गर्ने गरिएको खनालले जानकारी दिए ।

उनका अनुसार घोराहीमा २ सय ५ हेक्टर क्षेत्रफलका लागि ४ हजार १ सय केजी, तुलसीपुरमा ४० हेक्टर क्षेत्रफलका लागि ८ सय केजी र शान्तिनगरमा ७० हेक्टर क्षेत्रफलका लागि १ हजार ४ सय केजी मकैको विउ वितरण गरिएको हो ।

अघिल्लो वर्ष अनुदानमा १६.९४ टन मकैको विउ वितरण गरिएको थियो भने यस वर्ष कार्यालयले ६.३ टन मात्र विउ वितरण गरेको अधिकृत खनालले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १७ गते बिहीबार