नेपालगन्जको विद्युत सम्स्या हल गर्न छलफल



नेपालगन्ज,१७ जेठ/ नेपालगन्ज क्षेत्रको विद्यूत् समस्याबारे बिहीबार नेपालगन्जमा छलफल गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य दामोदर आचार्यको नेतृत्वमा गएको टोलिले नेपालगन्ज वितरण केन्द्रका प्रमुखसँग विद्यूत् समस्याबारे छलफल गरेको हो ।

विद्युतको समस्यालाई लिएर गत साताको बुधबार प्रदेश सभा सदस्य इन्द्र प्रसाद खरेल आइपी सहितको एक प्रतिनिधि मण्डलले वितरण केन्द्रका प्रमुख राम दुलार यादव सँग भेटघाट गरेको थियो ।

त्यति बेला प्रमुख यादवले ५ दिनमा भित्रमा नेपालगन्ज क्षेत्रको विद्युत समस्या पुर्ण रुपमा हल हुने आश्वसन दिएका थिए ।

तर एक साता बितिसक्दासम्म पनि विद्युत समस्या उस्तै देखिए पछि नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसीङ सँग कुराकानी गरिएको थियो ।

घिसीङले लोड सेडिङ नभएको र नेपालगन्ज वितरण केन्द्र तथा नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जले विद्युत समस्याबारे कुनै आफुहरुलाई जानकारी नगराएको बताएपछि बिहीबार वितरण केन्द्रका प्रमुखसँग फेरी छलफल गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १७ गते बिहीबार