3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

दुर्घटनामा दुईको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ १७, २०७५  

डुडुवा(बाँके),१७ जेठ/  बाँकेको डुडुवा गाउपालिका–६ हिरमिनियामा बुधबार ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार बुधबार बिहान साढे ११ बजे तीव्र गतिमा रहेको भे १ त ५९८६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा सोही ठाउँकी ६० वर्षीया फूलकला लोनियाँको ज्यान गएकोे हो ।

ट्रयाक्टर र चालकलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

यता कचनापुरस्थित राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–२, कचनापुरका ९ वर्षीय कैन्या थारुको बुधबार बिहान राप्ती नदीमा शव फेला परेको थियो ।

मंगलबार साँझ घरबाट हराएका थारु बुधबार बिहान ५ बजे कचनापुरस्थित राप्ती नदीमा मृत फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १७, २०७५     7:57:33 AM  |